हामी नेपालमा बालबालिकाको अधिकारको संरक्षणका सवालमा विगत दुई दशक भन्दा लामो समयदेखि निरन्तर पैरवी गर्दै आइरहेका संघीय गणतान्त्रिक नेपालको सातै प्रदेशका प्रतिनिधिहरु हाल बालिका, किशोरी र यौनिक अल्पसंख्यक बालबालिकाहरुमाथि भइरहेको दुव्र्यवहारका घटनाका विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ः

  • नेपालका शहर, गाउँ, सबै प्रदेश जसोबाट पछिल्लो समय दिनहुँ बालिका, किशोरी तथा यौनिक अल्पसंख्यक बालबालिकाहरुमाथि बलात्कार, यौन दुव्र्यवहार, दुव्र्यवहार, हत्या, यौनाङ्ग बन्ध्याकरण जस्ता समाचारका कारण हामी गम्भीर भएका छौं । हाम्रा अबोध बालिकाहरुले आत्मसम्मानका साथ स्वतन्त्र पूर्वक बाँच्न पाउने अधिकार र संविधानले ग्यारेन्टी गरेको मौलिक हक समेत अनुभव गर्न नपाएको हामीले महसुस गरेका छौं । तसर्थ हामी नेपाल सरकारलाई बालिका, किशोरी र यौनिक अल्पसंख्यक बालबालिकाहरुमाथि भइरहेको यस्ता घटनाहरु विरुद्ध तत्काल कडा र प्रभावकारी कदम चाल्न, सुरक्षित वातावरण निर्माण गर्नका लागि हार्दिक आग्रह गर्दछौं ।
  • बालबालिकाहरुले विना कुनै रोकतोक र डरत्रास सुरक्षित र सहज जीवनयापन गर्न पाउनु उनीहरुको मौलिक अधिकार हो । त्यसका निम्ति बाल संरक्षण प्रणालीको विकास स्थानीयस्तरसम्मै हुनुपर्ने हाम्रो ठम्याई रहेको छ । तर हाल राज्यको पुनर्संरचनापश्चात स्थानीयस्तरमा बालबालिकाको संरक्षणका निम्ति कुनैपनि प्रकारको संयन्त्र, प्रक्रिया नभएको कारण यस्ता गम्भीर घटनाहरु बढी रहेको हामीले पाएका छौं । तसर्थ स्थानीय स्तरमा बालबालिकाको अधिकारको संरक्षणको निम्ति शुन्य सहनशीलताको नीति लिई आवश्यक प्रणालीको तत्काल विकास गरी लागु गर्नका निम्ति हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । साथै हामी नागरिक समाज बालबालिकाको अधिकारको संरक्षणका लागि हातेमालो गर्न प्रतिबद्ध रहेको पनि अवगत गराउन चाहन्छौं ।
  •  संघीय, प्रादेशिक र स्थानीय तिनै तहको सरकारले बालबालिकाको संरक्षणका लागि बाल संरक्षण प्रणालीको विकास गर्दै स्थानीय, प्रादेशिक र संघीय स्तरमा गरिने बजेट विनियोजनमा अनिवार्य बाल अधिकार र बालबालिकाको संरक्षणका कार्यक्रमहरुलाई अगाडि सारियोस् भन्ने हाम्रो आग्रह छ ।
  •  हामी नेपाल सरकारलाई आफ्नो मातहतका सम्पूर्ण संरचना, प्रणालीहरुलाई बालबालिका विरुद्द दुव्र्यवहार र शोषणका घटना हुन नदिन र प्रभावकारी कार्यका निम्ति कडा निर्देशन दिई आवश्यक पहलकदमी लिनु हुन हार्दिक अपिल गर्दछौं । स्थानीयस्तरबाटै बालबालिकाको संरक्षणको विषयमा जनचेना अभिवृद्धि गर्न हामी नागरिक समाज सदैव नेपाल सरकारको साथमा रहेको पनि जानकारी गराउन चाहन्छौं ।

प्रादेशिक प्रतिनिधित्व

प्रदश नं. १ प्याग नेपाल
प्रदेश नंं. २ आसमान नेपाल
प्रदेश नं. ३ सिविन नेपाल, चेन्ज नेपाल, सिडव्लुयस मकवानपुर, बालविकास समाज, चाइल्ड नेपाल, स्वतन्त्रता अभियान, युम्स नेपाल, शक्ति समूह, कन्सर्न सोसाइटी नेपाल, सिविस, उइ फर चेन्ज, लु निभाः बाल सरोकार समूह,
प्रदेश नं. ४ सिजप कास्की, जागृती बाल तथा युवा सरोकार नेपाल,
प्रदेश नं. ५ इन्द्रेणी समाज केन्द्र, सिविन, वेस
प्रदेश नं. ६ स्याक नेपाल
प्रदेश नं. ७ सिडीसी डोटी,
संघ ः–
ब्लुडाइमन सोसाइटी, एन.सि.एफ.एल.जी फोरम, कन्सोर्टियम नेपाल, एन. सि.इ. नेपाल, एन.ए.पि.टि.एन., इन्क्लुसीभ एजुकेसन, प्लान इन्टरनेशनल नेपाल, शिक्षा पत्रकार समूह, सेभ द चिल्ड्रेन, एनएसीजि नेपाल, टिडीएच जर्मनी, एस.डि.जी. स्टुडीयो, नेपाल युथ नेटवर्क फर एस.डि.जी., सिनेट, ग्लोबल मार्च, सि.आर.सी.पी., सिजप,